नेभिगेशन
समाज विविध

सिन्धुलीमा ३९२ वटा विद्यालयको पुनर्निर्माण

सिन्धुली –२०७२ सालको भूकम्पबाट क्षति भएका ३९२ वटा विद्यालयमा नयाँ भवन निर्माण भएको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षतविक्षत भएका विद्यालय भवन पुनर्निर्माण गर्ने क्रममा हालसम्म ३९२ वटा विद्यालय भवन निर्माण भएको हो ।

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पबाट सिन्धुलीमा ५५० वटा विद्यालय भवनका ३ हजार  १९७ वटा कक्षाकोठामा क्षति भएको थियो ।

जसमध्ये विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, जिल्ला आयोजना कार्यान्वयन इकाई शिक्षा तथा एडिबीको सहयोगमा हालसम्म झन्डै २ हजार ५०० कक्षाकोठा पुनर्निर्माण भइसकेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मल कुमार घिमिरेले जानकारी दिए । 

एसियाली विकास बैक एडिबीको सहुलियत ऋण सहयोगमा सिन्धुलीमा ४८ ओटा ठुला विद्यालय भवन निर्माण भएका छन् । 

जिल्लास्थित विभिन्न माध्यमिक विद्यालयमा २ करोड रुपयाँ माथि लगानीमा विद्यालय भवन निर्माण भएको हो । 

एडिबीको ऋण सहयोग र नेपाल सरकारको अनुदानमा जिल्लाका ४१ ओटा विद्यालय पुनर्निर्माण कार्य सम्पन्न भइसकेको छ भने अन्य ७ ओटा विद्यालय भवनको धमाधम निर्माण भइरहेको शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख घिमिरेले बताए । 

भूकम्प पश्चात् ४ चरणमा विद्यालय भवन निर्माण भएको र अन्तिम चरणको ७ ओटा विद्यालय भवन निर्माण भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध