Nic Ad Nic Ad
Nic Ad Nic Ad

सबै नेपाली दूतावासहरूमा श्रमिक हेल्पडेस्क राखिने

आइतबार, माघ २९, २०७९

काठमाडौँ – नेपाल सरकारले विभिन्न देशमा रहेका नेपाली दूतावासहरूमा श्रमिकहरूका लागि हेल्पडेस्क राख्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को विशेष निर्देशन र पहलपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दूतावासहरूमा हेल्पडेस्क राख्ने निर्णय गरेको हो ।

माघ पहिलो साता प्रधानमन्त्रीले श्रम सचिवसहित मन्त्रालयका अधिकारीहरूलाई बोलाएर वैदेशिक रोजगारीका क्रममा विदेशमा रहेका नेपालीहरूले अनेकौं झमेला र सास्ती भोग्नुपरेको बताउँदै विदेशमा रहेका नेपाली कामदारहरूका समस्या सम्बोधनका लागि डेस्क राख्न निर्देशन दिएका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्रालयले आवश्यक गृहकार्य गर्दैै विभिन्न देशमा कार्यरत श्रमिक एवं कामदारहरूको समस्या सम्बोधन गर्न छुट्टै फोकल डेस्क राख्ने निर्णय गरेको हो ।

मन्त्रालयको निर्णय जानकारी गराउँदै श्रम,रोजगार तथा सामाजिक सुरक्षा सचिव एकनारायण अर्यालले भने, ‘विदेशमा रहेका नेपाली कामदारहरूका समस्याबारे प्रधानमन्त्रीले चासो राख्दै हेल्पडेस्क राख्न भन्नुभएको थियो । प्रधानमन्त्रीको निर्देशनपछि यो निर्णय कार्यान्वयन भएको छ ।’ 

सरकारको यो निर्णयले विदेशमा रहेका सम्पूर्ण श्रमहरूको पेशागत हकहित, सुरक्षा र प्रवद्र्धनमा सहयोग पुग्ने सरकारले विश्वास लिएको उनले बताए ।


 

प्रकाशित मिति: आइतबार, माघ २९, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्