नेभिगेशन
समाज विविध

सुन्दर देखिन के गर्छन महिलाहरू

काठमाडौँ- महिला र सौन्दर्य एक अर्काका परिपुरक हुन् । चाहे त्यो प्राकृतिक रुपले, मनोवैज्ञानिक रुपले वा हार्मोनको कारण नै किन नहोस् । त्यसैले जहाँ महिला हुन्छन्, त्यहाँ सौन्दर्यको कुरा स्वभाविक रुपले हुने गर्छ ।

सौन्दर्यप्रति चासो राख्नु महिलाहरुको प्राकृतिक गुण हो । त्यसैले संसारभरका महिलाहरुले सौन्दर्यलाई विशेष रुपमा चासो दिने गरेको पाइन्छ ।

सौन्दर्य प्रति सबैभन्दा लालयित हुने महिलाको उमेर ‘टिन एज’ हो । त्यसबेला उनीहरुले आफ्नो शरीरको बनावटलाई कसरी आकर्षक बनाउने ? कसरी आफूलाई अरु भन्दा राम्री देखाउने ? कुन लुगा लगाउने ?

कस्तो रङको लुगाले आफूलाई चिटिक्क देखाउछ र आफ्नो अनुहारमा के के लगाउने, हेयर स्टाइल कस्तो बनाउने जुत्ता सेन्डील कस्तो लगाउने ? भन्ने बारेमा निकै सोच्ने गर्छन् । त्यसैले यो उमेरका केटीहरु आफ्नो सौन्दर्यप्रति सधै सोचमग्न हुने गर्छन् ।

टिन एजमा विकास हुने एक खालको हर्मोनको कारण केटीहरुमा सौन्दर्य प्रति चासो बढने गरेको विज्ञहरु बताउछन् । आफुलाई कसरी अरु भन्दा सुन्दर राख्ने , कुन सामानको प्रयोग गर्दा राम्रो हुन्छ भन्ने कुरामा पनि टिन एज नै अगाडी हुने गरेको पाइन्छ ।

खाजा खर्च छुट्याएर टिनएजका केटीहरुले आफ्नो सौन्दर्य बढाउने सामानको खरीद गर्न गरेको पाइन्छ । टिनएज यस्तो एज हो, जुन ऐजमा अरुको नजरमा आकर्षित बन्नका लागि उनीहरुले मन लाएको फेसन गर्न चाहने गरेको पाइन्छ । टिनएजमा पनि प्रयाजसो केटीहरु सौन्दर्य प्रति बढी चासो दिने गर्छन् । 

यसबेला बजारमा निस्किएका नयाँ नयाँ फेसनका कपडाहरु लगाउने गर्दछन् । 

मेकअप गर्नको लागी अनेक थरीका सामानहरु किन्छन् । कुन ब्राण्डका मेकअप लगाउदा अनुहार राम्रो देखिन्छ भनेर चेक गर्छन् । 

त्यस्तै कपडाहरुमा पनि उस्तै छ । विशेष गरि टिन एजमा र टिन एज पार गरेका मानिसहरुमा पनि पछिल्लो समय कोरियान ब्राण्डका कपडाहरु लगाउने चलन बढेको देखीन्छ ।

त्यस्तै शरीरलाई राम्रो बनाउनको लागी पनि विभिन्न प्रकारका व्ययम गर्ने, खानेकुराहरु मिलाएर खाने अथाव कतिपयले त फिगर बिग्रन्छ भन्ने पिरले खाना नै कम खाने सम्म गरेका पाइन्छ ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध