सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

बुधबार, माघ २५, २०७९

काठमाडौँ –  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम गत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । 

१ महिना भित्र विश्वासको मत लिनु पर्ने संवैधानिक बाध्यताका बिच रावलले आज विश्वासको मत लिनु पर्ने छ । 

प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीकाअनुसार मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बुधवार बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरेको छ । 

प्रकाशित मिति: बुधबार, माघ २५, २०७९  ०७:५०
प्रतिक्रिया दिनुहोस्