किसान र उपभोक्ताबीचका बिचौलियालाई लाइसेन्स दिने बारे छलफल

मंगलबार, माघ २४, २०७९

काठमाडौं– किसान विचौलियाबाट ठगिएको भन्दै सरकारले उनीहरुलाई लाइसेन्सको व्यवस्था गर्ने बारे छलफल गरेको छ । 

सोमबारको मन्त्रिपरिषदको बैठकमा किसान र उपभोक्ताबीचका बिचौलियालाई लाइसेन्स दिएर व्यवस्थित गर्नुपर्ने बारे छलफल भएको सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले बताइन् । 

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा उनले कृषकका समस्याबारे सरकार जानकार रहेको बताइन् । 

‘उत्पादक किसानलाई पनि मर्का नपरी बीचमा रहेका विक्रेताहरुलाई लाइसेन्सको व्यवस्था गर्ने भन्ने छलफल भएको छ । त्यसको लागि आवश्यक निर्णय गर्छौं’, शर्माले भनिन् । 

कृषि उत्पादनको बजार मूल्य र समर्थन मूल्य नतोकिँदा समस्या आएको उनको भनाई छ । 

सरकारले उत्पादक र उपभोक्ताको बीचको खाडललाई समाधान गर्ने बारेमा छलफल गरिरहेको शर्माले बताइन् ।

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १९:५३
प्रतिक्रिया दिनुहोस्