४.५७ अंकले बढ्यो नेप्से, कारोबार रकम १ अर्ब ४७ करोड

सोमबार, माघ २३, २०७९

काठमाडौँ– साताको दोस्रो दिन सोमबार सेयर बजार सामान्य अंकले बढेको छ  । पुँजी बजार मापक नेप्से परिसूचक ४।५७ अंकले बढेको हो ।

नेपाल स्टक एक्सचेन्ज९नेप्से०का अनुसार, सोमबार परिसूचक ४.५७ अंकले बढ्दै २१००.६५ विन्दुमा कारोबार बन्द भएको छ ।

सोमबार ०.२२ प्रतिशतले बढेको सेयर बजारमा ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ । जसबाट १ अर्ब ४७ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आजको कारोबारमा ९५ कम्पनीका स्क्रीप्टको मूल्य घटेको छ भने १०४ कम्पनीका स्क्रीप्टको मूल्य बढेको छ । १७ वटा कम्पनीको मूल्यमा भने कुनै परिवर्त नभएको नेप्सेले जानकारी दिएको छ ।

सेयर बजार घटे पनि आर्दश लघुवित्त वित्तिय संस्थाको सेयर मूल्य बढेर सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २३३३.८० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै, १ वटा कम्पनीको सेयर मूल्य भने १० प्रतिशतको हाराहारीमा घटेको छ । नेप्सेका अनुसार, लक्ष्मी बैंक डिबेन्चरको ९.५८ प्रतिशतले मूल्य घटेको हो ।

आज एनआइसी एसिया बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको ६ करोड ४५ लाख रुपैयाँ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सबैभन्दा बढी सेयर कित्ता युनिभर्सल पावर कम्पनी भएको छ । उक्त कम्पनीको २ लाख ६ हजार १११ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावरको १२९७ पटक कारोबार भएको छ  ।

प्रकाशित मिति: सोमबार, माघ २३, २०७९  १५:२१
प्रतिक्रिया दिनुहोस्