एउटा कुकुर जसले संसारकै बुढो भएको इतिहास रच्यो...

शनिबार, माघ २१, २०७९

काठमाडौँ – यदि तपाईलाई संसारको सबैभन्दा पुरानो कुकुर देख्नु भएको छ भनेर साेध्याे भने जवाफ सायद छैन भन्ने आउने छ । त्यसैले आज हामी सबैभन्दा पुरानो कुकुरलाई भेट्दै छाैँ।

यसको नाम बोबी  हो । गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार यसको उमेर ३० वर्ष २६६ दिन भएकाे छ। ३० वर्ष बाँच्दा पनि अहिलेसम्म त्याे कुकुर जिवित छ भन्दा तपाइ फेरी अच्चममा पर्नु हुने छ । 

सामान्यतया कुकुरको उमेर १५ वा १६ वर्ष मात्र हुन्छ। अधिकांश कुकुरहरू यस उमेरसम्म मात्र बाँच्छन्। तर बोबीको उमेर १ फेब्रुअरी २०२३ सम्म ३० वर्ष २६६ दिन पार गरेकाे छ ।

याे कुकुर पोर्चुगलको लिरियाको ग्रामीण क्षेत्रमा रहेको कोस्टा परिवारकाे सदस्य हाे । यसले संसारका सबै कुकुरको रेकर्ड तोडेकाे छ । गिनिज बुक अफ वल्र्ड रेकर्डका अनुसार, बोबी १ शुद्ध नस्लको राफेइरो डो अलेन्टेजो जातको कुकुर हो । यस जातका कुकुरहरू पनि औसत १२ देखि १४ वर्षसम्म बाँच्छन्। 

तर, बुढो भए पनि बाेबी पूर्णतया स्वस्थ छ । अहिलेसम्म बाँच्ने सबैभन्दा पुरानो कुकुर अस्ट्रेलियन ब्लू थियो, जसको १९३९ मा २९ वर्ष ५ महिनाको उमेरमा मृत्यु भएको थियो।

गिनिजबुक अफ वल्र्ड रेकर्ड्सले बाेबीको एक भिडियो सेयर गरेर नयाँ रेकर्डको घोषणा गरेको छ। 

रिपोर्टका अनुसार बाेबीलाई कहिल्यै बाँधिएको छैन । न त कुनै पट्टामा संलग्न गरिएको थियो। ऊ सधैं घर वरपरको जङ्गल र खेतबारीमा घुम्छ। 
 

प्रकाशित मिति: शनिबार, माघ २१, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्