नेभिगेशन
अर्थ विविध

एक हजार ४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ – सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला १ हजार ४ सयले घटेको छ । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य प्रतितोला १ लाख ७ हजार ५ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १ लाख ६ हजार १ सय तोकिएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ५ सय रहेको छ । यसको मूल्य अघिल्लो दिन १ लाख ७ हजार थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला ३० ले घटेर १ हजार ३६५ तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

परेन पानी, भएन रोपाइँ