नेभिगेशन
अर्थ विविध

कुवेती दिनार सबै भन्दा महंगाे, कस्ताे छ अन्य देशकाे विनिमय दर 

काठमाडौँ– राष्ट्र बैंकले आजका लागि विदेशी विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३१ रूपैयाँ १८ पैसा र बिक्री दर १३१ रूपैयाँ ७८  पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रूपैयाँ ०९ पैसा र बिक्री दर १४४ रूपैयाँ ७५ पैसा रहेको छ।    

बेलायती पाउण्ड एकको खरिद दर १६१ रूपैयाँ ५७ पैसा र बिक्री दर १६२ रूपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको छ । 

मलेसियन रिङ्गेट १ को खरिददर ३० रूपैयाँ ८९ पैसा र विक्रीदर ३१ रूपैयाँ ०४ पैसा रहेको छ । साउदी रियाल १ को खरिददर ३४ रूपैयाँ ९६ पैसा र बिक्री दर ३५ रूपैयाँ १२ पैसा रहेको राष्ट्रबैंले जनाएको छ । 

बैंकका अनुसार सबै भन्दा महंगाे कुवेती दिनार रहेकाे छ । कुवेती दिनार १ काे खरिददर ४३० रूपैयाँ १७ पैसा र विक्रीदर ४३२ रूपैयाँ १४ पैसा रहेकाे छ ।

ex 03-021675384568.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध

परेन पानी, भएन रोपाइँ