पर्सामा करिब साढे छ हजार उद्योग थपिए

बिहीबार, माघ १९, २०७९

वीरगञ्ज– पर्सा जिल्लामा पछिल्लो साढे ५ वर्षमा ६ हजार ४८२ नयाँ उद्योग थपिएका छन् । 

आर्थिक वर्ष २०७४/७५ देखि हालसम्म सेवामूलक उद्योगतर्फ ३ हजार ५२७, कृषि तथा वन्यजन्यतर्फ १ हजार ७३४, उत्पादन उद्योगतर्फ १ हजार १२४ र पर्यटनतर्फ ४५ वटा उद्योग थपिएको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्ज पर्साका प्रमुख धनजयकुमार सिंहले जानकारी दिए ।   

यस्तै चालु आवको पुस मसान्तसम्म सेवामूलकतर्फ २६०, कृषि तथा वन्यजन्यतर्फ १ हजार १३०, उत्पादनमूलकतर्फ ८२ वटा, निर्माणतर्फका ५२ र पर्यटनतर्फ ३५ वटा उद्योग दर्ता भएका छन् । 

यस अवधिमा ५ हजार २३ उद्योग नवीरकण र ६२० वटा उद्योगको लगतकट्टा लगायतका शीर्षकबाट ६ करोड ९७ लाख १० हजार ८० राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १२:२५
प्रतिक्रिया दिनुहोस्