कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको राष्ट्रपति : महामन्त्री शर्मा

मंगलबार, माघ १७, २०७९

इलाम –नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै राष्ट्रपति बन्ने बताएका छन् । 

इलामको फिक्कलमा मंगलबार पत्रकारसँग कुरा गर्दै महामन्त्री शर्माले साझा अपनत्व ग्रहण हुने गरी कांग्रेसले प्रस्ताव गरेको व्यक्ति नै अबको नयाँ राष्ट्रपति हुने दाबी गरे ।

कांग्रेसबाट राष्ट्रपतिको उम्मेदवार को बन्ने भन्ने बारेमा शर्माले विधिवत् छलफलपछि सम्भावित उम्मेदवारको नाम र निर्णय सार्वजनिक हुने बताए ।

उनले भने, ‘हामीसँग योग्य नेतृत्व धेरै हुनुहुन्छ । अहिले मैले नाम भन्नु उचित हुँदैन । अब हामी बैठक बस्छौँ र सम्भावित उम्मेदवारका बारेमा छलफल गर्छौं ।’ 

नेपाली कांग्रेस लामो राजनीतिक इतिहास बोकेको पार्टी भएका कारण साना समस्याबाट विचलित नहुने उनको भनाइ थियो ।
 

प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्