आत्मदाहको प्रयास गर्ने पुरुषलाई बचाउँदा घाइते भएकी महिलाका मृत्यु

सोमबार, माघ १६, २०७९

पोखरा –पोखरामा आइतबार आगो लागेर घाइते भएकी महिलाको  मृत्यु भएको छ । उनको उपचारको क्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा मृत्यु भएको हो । 

आइतबार बिहान पोखरा –१३ काँहुखोलाकी संगीता सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए । उनै घरवेटी सापकोटाको उपचारका क्रममा मृत्यु भएको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  

क्षेत्रीले आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगो लगाएपछि बचाउने क्रममा घरभेटी सापकोटालाई पनि आगो लागेको थियो । क्षेत्री र संगीतालाई कसरी आगो लाग्यो भन्ने विषयमा अनुसन्धान भइरहेकाले पछि मात्र यथार्थ थाहा हुने प्रहरीले बताएको छ ।  

आगो लागेर सापकोटाको शरीरको ८० प्रतिशत भाग जलेको थियो । क्षेत्रीको भने २५ प्रतिशत शरीर जलेको र उनको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको प्रहरीले बताएको छ । 

दुबैजनालाई स्थानीयले उद्धार गरेर उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा पु¥याएका थिए । 

घट्नाको अनुसन्धान भइरहेकोले अहिले नै यसरी नै घट्ना घट्यो भन्न नसकिने र छिट्टै नै सत्यतथ्य बाहिर आउने गरी अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रमुख अजय केसीले जानकारी दिए ।  
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १४:०२
प्रतिक्रिया दिनुहोस्