प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य

सोमबार, माघ १६, २०७९

काठमाडौँ–नेपाली सुनचाँदी बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ । 

अघिल्लो दिन प्रतितोला एक लाख छ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ५ हजार आठ सय रुपैयाँ छ । यसको मूल्य अघिल्लो दिनको मूल्य १ लाख ५ हजार पाँच सय रुपैयाँ थियो । 

त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला १ हजार तीन सय ६५ रुपैयाँ कायम रहेको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।
 

प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:४३
प्रतिक्रिया दिनुहोस्