तेस्रो टाइगर कप भलिबलमा एपीएफ र गण्डकी च्याम्पियन

आइतबार, माघ १५, २०७९

पोखरा –तेस्रो टाइगर कप भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ विभागीय टोली एपीएफ र पुरुषतर्फ आयोजक गण्डकी प्रदेशले जितेको छ । एपीएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पन्छाउँदै उपाधि जितेको हो । पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–८ र चौथो सेट २५–२२ ले जित निकाल्दै एपीएफले उपाधि हात पा¥यो ।  

पुरुषतर्फको खेलमा लिग चरणमा बेहोरेको हारको बदला लिँदै गण्डकीले एपीएफलाई ३–२ को सेटमा पराजित ग¥यो । पोखरा रंगशालामा भएको निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गण्डकी प्रदेशले एपीएफलाई २५–१६ ले सुम्पिएको थियो । दोस्रो सेट भने आयोजक गण्डकीले २५–१८ र तेस्रो सेट २५–१९ अंकले जित निकाल्यो । चौथो सेटमा २०–१६ ले पछि परेको अवस्थालाई उल्टयाउँदै एपीएफले २८–२६ ले जित निकाल्यो । निकै रोमाञ्चक बनेको अन्तिम सेट १५–८ ले सहज जित निकाल्दै गण्डकीले उपाधि चुम्यो ।

प्रतियोगिताका विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरे । उपविजेताले दुई लाख ५० हजार र तेस्रो भएका न्यु डायमन्ड एकेडेमी र नेपाल पुलिस क्लबले  एक लाख २५ हजार रुपैयाँ पाए । महिलातर्फ एपीएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् । उनले नगद २५ हजार पुरस्कार प्राप्त गरिन् । यसैगरी उत्कृष्ट लिबेरो आर्मीकी सरस्वती जैसी, स्पाइकर एपीएफकी निरुता ठगुन्ना, सर्भर गण्डकी प्रदेशकी अरुणा शाही, ब्लकर आर्मीकी संगम महतो, सेटर न्यु डायमन्डकी प्रगती नाथ र उत्कृष्ट प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए । 

पुरुषतर्फ गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी बने । यस्तै गण्डकीका दिवस आले उत्कृष्ट सेटर, एपीएफका विनोद चन्द उत्कृष्ट लिबेरो घोषित भए । गण्डकीका घनश्याम चौधरी उत्कृष्ट सर्भर, एपीएफका टेकराज अवस्थी उत्कृष्ट स्पाइकर, गण्डकीका नितिन उत्कृष्ट ब्लकर र गण्डकीकै रमेश केसी उत्कृष्ट प्रशिक्षक घोषित भए। विधागततर्फका विजेताले जनही १० हजार नगद पुरस्कार पाए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, आयोजक टाइगर ग्रुपका अध्यक्ष नारायण शर्मालगायतले पुरस्कार प्रदान गरे ।
 

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:५३
प्रतिक्रिया दिनुहोस्