विश्वकप क्रिकेट लिग–२ को बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाइयो

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ –आगमी फब्रुवरीमा घरेलु मैदानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)ले सामाजिक सञ्जालमार्फत खेलाडीको सूची सार्वजनिक गरेको हो । कप्तान रोहित पौडेल तथा पूर्वकप्तान ज्ञानेन्द्रसहित सिद्धान्त लोहनी, सूर्य तामाङ तथा अंकित सुवेदी लगायतलाई समेटेर २८ सदस्यीय टिम बोलाइएको हो ।

नाबालिग बलात्कारको आरोप लागेर धरौटीमा छुटेका पूर्वकप्तान सन्दीप लामिछाने भने टिममा परेका छैनन । उनको मुद्दा अदालतमा विचाराधीन रहँदा क्यानले पनि कानुन अनुसार अगाडि बढ्ने बताएको थियो ।

को को हुन् टिममा ?

कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेसावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, बिक्रम शोब, भुवन कार्की, अंकित सुवेदी 
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १७:४३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार