राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा

शुक्रबार, माघ १३, २०७९

काठमाडौँ –राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले माघ २३ गते बिहान ११ः५९ बजेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेका हुन् । उनले उपाध्यक्षको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न संसद् सचिवालयका महासचिव डा. भरत गौतमलाई निर्देशन दिएका छन् ।

गत वर्ष फागुन २० मा शशिकला दाहालको राष्ट्रिय सभा सदस्यको ४ वर्षीय कार्यकाल सकिएपछि राष्ट्रिय सभा उपाध्यक्ष पद रिक्त थियो । अब राष्ट्रिय सभाका सदस्यहरूमध्येबाट उपाध्यक्ष चयन हुने छ
 

प्रकाशित मिति: शुक्रबार, माघ १३, २०७९  १६:१४
प्रतिक्रिया दिनुहोस्