कुमाल समुदायको पेशाको संरक्षण गर्न ३ महिने तालिम 

बिहीबार, माघ १२, २०७९

गुल्मी– पछिल्लो समय गाउँघरमा कुमाल समुदायले निर्माण गर्ने माटाका भाडा र उनीहरुको पेशा नै संकटमा पर्दै जान थालेको छ । नेपाली संस्कृति झल्काउने माटाका भाडा र पेशाको संरक्षण सँगै गाउँमै युवा उद्यमी निर्माणको लागि लुम्विनी प्रदेशको आर्थिक सहयोगमा गुल्मीमा तीन महिने सीपमुलक तालिम सञ्चालन गरेको छ ।

“औद्योगिक लागनी पूर्वाधार ,समृद्धको बलियो आधार” मुल नाराका साथ बुल्म सेरामिक वस्तु विकास केन्द्र इश्मा गाउँपालिका ६ अंमरपुर बुल्मचौरमा सेरामिक ग्यालेज तथा माटाका भाडा बनाउने तीन महिने तालिम माघ ११ गतेदेखि आगमी वैशाख १० गते सम्म संचालन गरिएको छ ।

बजारमा पलाष्टिकबाट निर्माण भएका भाडाँ चलनचल्तीमा आएसँगै गाउँघरमा कुमाल समुदायले माटोबाट बनाएका सामाग्री तथा पेशाको संरक्षण गर्न लुम्बीनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगर्त उद्यमशिलता तथा सिपमुलक तालिम, प्रविधिमा साहयोग, सामाग्रीको बजारीकरण तथा उद्यमी निर्माण गर्न तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख सुरेन्द्र भण्डारीले जानकारी दिए । 

परम्परागत शैलीमा कुमाल समुदायले निर्माण गरेका नेपाली संस्कृति झल्काउने भाडा निर्माण गर्दै पेशाको संरक्षण गर्न आर्थिक बर्ष २०७९।०८० मा लुम्बिनी प्रदेश सरकारबाट ३० लाख विनियोजन भएको छ । नेपाल सरकारका पूर्व उद्योग सचिव कृष्ण ज्ञवाली तथा लुम्बीनी प्रदेश योजना आयोग पूर्व सदस्य डा. दामोदर भुसालको पहलमा २०७१ सालमा नेपालमै पहिलो सेरामिक वस्तु विकास केन्द्रको स्थापना गरिएको थियो । 

वस्तु विकास केन्द्रले स्थापनाकाल देखि नेपाली कलाको पहिचान भर्दै संस्कृति झल्काउने माटाका सामाग्री निर्माण,युवालाई स्वरोजगारका लागि सिममुलक तालिम संचालन गर्दै आएको छ । स्थापनाकादेखि विभिन्न माटाका सामाग्री बनाउने तालिम सञ्चालन गरिरहेपनी कोरोनाका कारण बजेट अभावले २ बर्ष  कार्यक्रम तथा तालिम रोकिएको तालिमका प्रशिक्षक पदम मुखियाले जानकारी दिए ।

उद्धघाटन कार्यक्रममा बोल्दै तालिम प्रशिक्षक मुखियाले भने “नेपाली मौलिक झल्कने माटाका भाडा निर्माणको लागि सरकारले विभिन्न कार्यक्रम तथा तालिमको आयोजना गरी सिक्ने र उद्यमी बन्ने अवशर प्रदान गरेको छ त्यसैले यो तालिमको सदुपयोग गरी कुमाल समुदायको पेसाको संरक्षण गरी सबै नवउद्यमी बन्नुपर्छ ।” 

लुम्बीनी प्रदेश गौतमवुद्धको जन्मथलो भएकाले माटोबाट वुद्धको मुर्ति निर्माण गरेर अन्तरराष्ट्रिय बजार सम्म पुप्याउन सकेमा प्रदेशको पहिचान हुने र कुमाल समुदायको कला र मौलिकता झल्कने पूर्व लुम्बीनी प्रदेश योजना आयोग सदस्य डा. दामोदर भुसालको भनाई छ । उद्धघाटन कार्यक्रमका विशेष अतिथि डा.भुसालले भने “हामीले मायादेवीको माटा लिएर विभिन्न भगवानका कलात्मक मूर्ति निर्माण देशका सरकारी कार्यालयदेखि अन्तरराष्ट्रिय बजार सम्म बेच्न सकेमा सरकारको नाराले सार्थकता पाउँछ ।” 

कुमाल समुदायको पेशा संरक्षण गरी ग्रामिण क्षेत्रमा युवालाई उद्यमी निर्माण गर्न त्यहाँको वस्तुस्थिती र सम्भावनाको पहिचान समय समयमा  घरेलु तथा साना उद्योग कार्यालय लगायतका कार्यालयलले  सिपमुलक तालिम संचालन गरिरहेका छन् । तालिमबाट सिकेको सिपको प्रयोग गरी माटाका सामाग्री निर्माण गरेमा बजारको स्थानिय सरकारले खरिद तथा बजारीकरणको ग्यारेण्टी गर्ने कार्यक्रमका प्रमुख अतिथि तथा इश्मा गाउँपालिका अध्यक्ष भवगत सिंह खड्काले बताए । अध्यक्ष खड्काले भने– संरक्षणको अभावमा कुमाल समुदायको संकटमा पर्न थालेकोमा स्थानिय सरकारले चासो दिएको छ यस तालिमल तालिमले सिक्ने र स्वरोजगार बन्नेमा पूर्ण विश्वास लिएको छ । 

तालिम उद्धघाटन कार्याक्रममा घरेलु तथा साना उद्योग कार्यालयका लेखा अधिकृत माधव अर्याल,वुद्धिजीवी, समाजसेवी, प्रशिक्षार्थीको उपस्थिती रहेको कार्यक्रमको संचालन उद्यम विकास सहजकर्ता त्रिविक्रम ज्ञवालीले सञ्चालन गरेका थिए । 

प्रकाशित मिति: बिहीबार, माघ १२, २०७९  १२:२६
प्रतिक्रिया दिनुहोस्