बाजुरामा भूकम्प

बाजुरामा भूकम्पः तत्काल उद्धार र राहत उपलब्ध गराउन मुख्यमन्त्रीको निर्देशन

५ वर्षीया जमुना रोकायाको मृत्यु
मंगलबार, माघ १०, २०७९

बाजुरा– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बाजुराको भूकम्पबाट प्रभावित क्षेत्रमा तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका छन् ।


आज बाजुराको स्वामी कार्तिक गाउँपालिकको मेला केन्द्र बिन्दु भइ दिउँसो २ बजेर ४३ मिनेटमा गएको पाँच दशमलव नौ रेक्टरको भूकम्प आएको हो । 

भूकम्पपछि मुख्यमन्त्री रावलले प्रदेश मुख्यसचिव, सामाजिक विकास मन्त्रालयका सचिव र प्रमुख जिल्ला अधिकारीसित सम्पर्क गर्दै तत्काल उद्धार र राहत उपलब्ध गराउन निर्देशन दिएका हुन् ।

उनले तत्काल क्षतिको विवरण सङ्कलन गर्न समेत निर्देशन दिएका छन् । क्षतिको विवरण आउने वित्तिकै थप राहतका कार्यक्रम घोषणा गरिने उनको सचिवालयले जनाएको छ ।

स्थानीय प्रेमबहादुर रोकायाले जानकारी अनुसार भूम्कपबाट गौमुल गाउँपालिका–२ आगरकी ३५ वर्षीया जमुना रोकायाको मृत्यु भएको छ । घाँस ल्याएर घर फर्किने क्रममा ढुङ्गाले टाउकोमा लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको रोकायाले बताए । 

प्रहरी नायव उपरीक्षक सूर्य थापाका भूकम्पबाट जिल्लाका विभिन्न ठाउँमा गरी २५ घरमा क्षति पू‌‌र्‍याएको छ ।  भूकम्पबाट एकजना घाइते भएका छन् । भूकम्पबाट गौमुल गाउँपालिका–१ अम्लिसका रामदल बोहरा घाइते भएका छन् । उनले क्षतिको थप विवरण आइनसकेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २१:३५
प्रतिक्रिया दिनुहोस्