अभियन्ताको आक्रमणबाट घाइते भएका म्यानपावर व्यवसायी जुनैद अस्पताल भर्ना 

मंगलबार, माघ १०, २०७९

काठमाडौँ– सामाजिक अभियन्ता भनेर चिनाउने समूहको आक्रमणबाट घाइते भएका म्यानपावर व्यवसायी मोहम्मद जुनैद अस्पताल भर्ना भएका छन् ।

मंगलबार दिउँसो सामाजिक अभियन्ता भनेर चिनाउने हेमराज थापासहित १९ जनाको समूहको आक्रमणमा घाइते भएपछि व्यवसायी जुदालाई उपचारका लागि सानेपास्थित स्टार हस्पिटलमा भर्ना गरिएको छ । 

सामाजिक अभियन्ता थापासहितको समूहले जुदामाथि आक्रमण गर्दा उनको दायाँ हातमा चोट लागेको वैदेशिक रोजगार व्यवसायी संघका उपाध्यक्ष रोशन कटुवालले बताए। उनका अनुसार व्यवसायी जुनैदलाई उपचारका लागि सामाखुशिस्थित स्टार हस्पिटलमा भर्ना गरिएको हो ।

उपाध्यक्ष कटुवालका अनुसार व्यवसायी जुनैदले मलेसियाबाट फर्किएका १९ जना कामदारलाई क्षतिपूर्ति दिएको दावि गरेका छन्। तर, अभियन्ता थापाले ती कामदारको नेतृत्व गरेर जुनैदसँग थप रकम मागेको थिए । सोहि विवादमा जुनैदमाथि आक्रमण भएको उनले बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  २०:५६
प्रतिक्रिया दिनुहोस्