अभियन्ता हेम थापाको समुहद्वारा म्यानपावरमाथि आक्रमण  

काठमाडाै‌, मंगलबार, माघ १०, २०७९

काठमाडौै– म्यानपावर व्यवसायीमाथि सामाजिक अभियान्त हेमराज थापााको एक समुहले आक्रमण गरेको छ । समाखुशीस्थित खोज म्यानपावरमा छलफलका लागि पुगेका वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीसहित अन्य पदाधिकारीमाथि अभियान्ता थापाको समुहले आक्रमण गरेको हो । 

अभियान्ताको आक्रमणबाट अध्यक्ष भण्डारीसहित अन्य पदाधिकारी सामान्य घाइते भएको संघका उपाध्यक्ष रोशन कटुवालले जानकारी दिए । 

खोज म्यानपावर प्रालिमार्फत मलेसियामा समस्या परेपछि फर्किएका कामदारको मुद्दा बोकेर आएका हेमराज थापाको समुहले छलफलको क्रममा आक्रमण गरेको उनले बताए । मलेसियाबाट फर्किएर आएका १९ जना कामदारको प्रतिनिधि बनेर आएका उनीहरुले छलफलका लागि पुगेका संघका पदाधिकारी माथि छलफलका क्रममा आक्रमण गर्ने थालेको कटुवालको भनाइ छ । 

‘थापा समुहको आक्रमणमा परि केही व्यवसायी घाइते भएका छन् । म्यानपावर र संघले समाखुशी प्रहरी बृत्तमा घटनाका बारेमा जानकारी गराउँदा प्रहरीले वास्ता गरेन ।’ उनले भने, ‘खोज म्यानपावरका सञ्चालकसँग फोनमा पैशा मागेको र पैशा नदिने भनेपछि अभियान्ताहरु समुह बनाएर म्यानपावरमा आएको रहेछन् ।’

पछिल्लो रोजगारपीडित खोज्दै सामाजिक अभियान्ता थापा म्यानपावर व्यवसायीमाथि आक्रमण गदै आएका छन् । सोमबार वैदेशिक रोजगार विभागमा पुगेका उनको समुहले विभागका कर्मचारीलाई धम्क्याएको थियो ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १४:५५
प्रतिक्रिया दिनुहोस्