आइएमई इन्स्योरेन्सको साधारणसभा सम्पन्न

मंगलबार, माघ १०, २०७९

काठमाडौँ –आइएमई जनरल इन्स्योरेन्सको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बिमा बजारको हालको अवस्था र भविष्यमा कम्पनीले खेल्ने रणनीतिको बारेमा साधारणसभालाई जानकारी गराए ।
सभामा अध्यक्ष ढकालले समीक्षा वर्षदेखि हालसम्मको देशको आर्थिक तथा राजनीतिक अवस्था र त्यसको कारणबाट समग्र बिमा क्षेत्रमा परेको प्रभावको बारेमा समेत जानकारी गराएका थिए । सभामा उनले कम्पनीको पानीपोखरी स्थित २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गामा करिब ६० हजार वर्गफिटको ११ तले भवन निर्माणको क्रममा रहेको बताए ।

प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  ११:२१
प्रतिक्रिया दिनुहोस्