जगदम्बा मोटर्सको पहिलो एओजी नाइट राइड चित्लाङमा सम्पन्न

सोमबार, माघ ९, २०७९


काठमाडौँ– नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले शनिबार र आइतबार पहिलो पटक काठमाडौं देखि चित्लाङ सम्म अपाचे ओनरस् ग्रुप (एओजी) नाइट राइडको धुमधाम आयोजना गरेको छ । 


३० जना राइडरहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अपाचे राइडरहरुले यात्राको क्रममा विभिन्न मनोरञ्नात्मक गतिविधिहरूमा भाग लिए। उनीहरु मनोरञ्जनमा मात्र सिमित रहेनन् । चित्लाङको प्राकृतिक सुन्दरताको अवलोकन गर्दै उनीहरुले कम्पनीको तर्फबाट समाज सेवा पनि गरे ।

 

चित्लाङको  श्री काली देवी आधारभूत विद्यालयमा अध्ययन सामाग्री वितरण गर्नुका साथै अरु विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएको थियो । युटुबर ‘जानकारी केन्द्र्र तथा मोटो भ्लगरहरु‘बाइकअल्साइक’ र ‘टुइनस्—राइडर’हरु कार्यत्रममा उपस्थिति थिए । 

टिभिएसले काठमाडौं, कोशी, गण्डकी, लुम्बिनी, र नारायणी क्षेत्र लगायत देशका विभिन्न स्थानमा एओजी राइड कार्यक्रम आयोजना गरिसकेको छ । यद्यपि रात्रिकालिन यात्रा भने यो पहिलो रहेको कम्पनीले जनाएको छ । 


अपाचेका चालकहरुले अत्याधिक रुचाइएको यो अभियान नेपालकाअन्य क्षेत्रमा पनि आयोजना गर्ने कम्पनीको योजना छ ।  राइडका एक सहभागी भन्छन्ः “चित्लाङमा यस्तो राइडको आयोजना धेरै थोरै मात्र हुन्छ । जगदम्बामोटर्स्ले हामीलाई बाइकिङ प्रविधिसिक्ने मौका दिएकोमा धन्यवाद दिन चहान्छौं ।” उनी यतिमा रोकिएनन्, उनले थपेः “हामीले फेसबुक र भाइबरका  एओजी राइडर्स नेपाल समूहमा पनि सामेल भयौं जसले हामीलाई आगामी दिनहरुमा टिभिएसले आयोजना गर्ने राइड तथा कार्यक्रमहरूको बारेमा अपडेटेड राख्नेछ । यसले हामीलाई भविष्यमा पनि यस प्रकारका कार्यक्रमहरूमा भाग लिनउत्सुक बनाएको छ।” 


कार्यक्रमका अर्का एक सहभागी कल्याण श्रेष्ठले एओजी कै बारेमा सुनेर आफुले अपाचे किनेको बताए । उनले जगदम्बा मोटर्सलाई धन्यवाद दिँदै भने, “मैले अपाचे आरटीआर २०० फोभि एफआई किने पछि एओजी ग्रुपमा सामेल हुन पाउँदा निकै खुशी छु र जगदम्बामोटर्स प्रालि प्रति आभार व्यक्त गर्न चाहन्छु ।”


एओजी, अपाचे बाइक भएका राइडरहरूको समुदाय हो, जुन मोटरसाइकल प्रति उनीहरुको प्रेम, जोश, र लगाव बाड्ने एउटा साझा प्लेटफर्म हो । भारत तथा अन्य राष्ट्रहरूका अपाचे राइडरहरुले बनेको यस समुदायले सम्पूर्ण राइडरहरुलाई एकजुट बनाएर विभिन्न कार्यक्रम तथा साहसिक खेलहरुमा संलग्न गराउँछ  । 


जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दुई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।  नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टिभिएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल भएकाे कम्पनीले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, माघ ९, २०७९  २०:४५
प्रतिक्रिया दिनुहोस्