आइसिसी विश्वकप लिग : नेपालले स्कटल्याण्डलाई दियो १३८ रनको लक्ष्य

आइतबार, मंसिर १८, २०७९

काठमाडौं–आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले स्कटल्याण्डलाई १३८ रनको सामान्य लक्ष्य दिएको छ ।


नामिबियाको युनाइटेड क्रिकेट क्लब ग्राउन्ड विन्डहोकमा टस हारेर ब्याटिङ थालेको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुँदै १३७ रनमात्र बनायो ।


नेपालका गुल्सन झाले सर्वाधिक २९ रन जोडे । ज्ञानेन्द्र मल्ले २५ तथा अर्जुन साउदले १८ रन बनाए । कप्तान रोहित पौडेलले १७ तथा आरिफ शेखले १० रन जोडे पनि अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


दोस्रो ओभरमै विकेट पहिलो गुमाएपछि धर्मराएको नेपाली टोलीको इनिङ ज्ञानेन्द्र मल्ल र अर्जुन साउदले सम्हाल्ने प्रयास गरे पनि स्कोर उकास्न भने सकेनन् ।


वर्षाका कारण पहिलो खेल अवरुद्ध भएसँगै घरेलु टोलीसँग अंक बाँडेको नेपाल आजको दोस्रो खेलमा जित निकाल्दै विजयी शुरुवात गर्न चाहन्छ ।

प्रकाशित मिति: आइतबार, मंसिर १८, २०७९  १७:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार