Nic Ad Nic Ad
Nic Ad Nic Ad

कांग्रेसले अडान नछाडेपछि संसद् बैठक अपरान्ह ४ बजेसम्मलाई सारियो

बिहीबार, जेठ ३, २०८१

काठमाडौ - प्रमुख प्रतिपक्षी  नेपाली कांग्रेसले अडान नछाडेपछि प्रतिनिधि सभाको बैठक अपरान्ह ४ बजेसम्मलाई धकेलिएको छ ।

सभामुख देवराज घिमिरेले कांग्रेससँग गरिरहेको सहमतिको प्रयास असफल भएसँगै बैठकको समय धकेलिएको हो । यसअघि प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि निर्धारण गरिएको थियो ।

यसअघि सभामुख घिमिरेले संसद्को अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

सभामुखको सचिवालयका अनुसार सहमति जुट्ने सम्भावना नदेखिएपछि बैठक अपरान्हसम्मलाई सारिएको हो ।

प्रकाशित मिति: बिहीबार, जेठ ३, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्