विश्वकप २०२२ः आज क्यानडा र मोरक्को, क्रोस्टारिका र जर्मनीको खेल

बिहीबार, मंसिर १५, २०७९

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेलहरू हुँदैछन्। जसमा समूह ‘ई’ र समूह ‘एफ’ का दुई–दुई खेलहरू हुनेछन्। 

पहिलो दुई खेलमा समूह ‘एफ’ मा रहेका क्रोएसिया र बेल्जियम तथा क्यानडा र मोरक्कोबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेदेखि सुरु हुनेछन् । यो खेलहरूबाट समूह ‘एफ’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ। 

दोस्रो दुई खेलमा समूह ‘ई’ मा रहेका जापान र स्पेन तथा क्रोस्टारिका र जर्मनीबीच खेल हुँदैछ। दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ बजेदेखि सुरु हुनेछ। यस खेलहरूबाट समूह ‘ई’ बाट अन्तिम १६ मा पुग्ने २ देशको टुङ्गो लाग्नेछ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  ०३:४२
प्रतिक्रिया दिनुहोस्