ह्वातै बढ्यो सुनको मूल्य

चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला पाँचले बढेर एक हजार २  सय ९० पुगेको छ
बुधबार, मंसिर १४, २०७९

 

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला २ सयले बढेको छ । मङ्गलबार प्रतितोला ९७ हजार ४ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९७ हजार ६ सय तोकिएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार एक सय छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सय थियो। त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला पाँचले बढेर एक हजार २  सय ९० पुगेको महासङ्घले जनाएको छ।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०८:१७
प्रतिक्रिया दिनुहोस्