धमलालाई राखेको निमित्त सदस्यसचिवको जिम्मेवारी

बुधबार, मंसिर १४, २०७९

काठमाडौं - राष्ट्रिय खेलकुद परिषद् (राखेप)का बोर्ड सदस्य अञ्जन धमलाले मंगलबार राखेपको निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका छन् ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्स (युएई) गएकाले बोर्ड सदस्य धमलाले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका हुन्। राखेप बोर्ड सदस्य धमला दक्षिण एसियाली आइटिएफ महासंघका वरिष्ठ उपाध्यक्ष एवम् नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्षसमेत हुन्।
 
नेपाल रग्बी संघका पूर्वअध्यक्षसमेत रहेका घिसिङ युएईको राष्ट्रिय ओलम्पिक कमिटीको मुख्यालयमा हुने एसिया रग्बी कार्यकारी समिति र इमिरेट्स दुबई रग्बी सेभेन्सको बैठकमा सहभागी हुन दुबइ जाँदैछन्। 

यस अवधिभर निमित्त सदस्यसचिव धमलाले सदस्यसचिव घिसिङको अनुपस्थितिमा राखेपको नीतिगत निर्णय र आर्थिक कारोबारबाहेक दैनिक प्रशासनिक कार्य गर्नेछन्। सदस्यसचिव घिसिङ मंगलबारै दुबई प्रस्थान गरिसकेका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ०४:१३
प्रतिक्रिया दिनुहोस्