ब्राजिलद्वारा सर्बिया २-०ले पराजित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— फिफा विश्वकप फुटबलमा ब्राजिलले २–०ले जित निकालेको छ । सर्वियासँग भएको खेलमा ब्राजिलले २ गोल गरेको छ । 

ब्राजिल ५ पटकको कीर्तिमानी च्याम्पियन हो । यद्दपी ब्राजिलले २००२ पछि विश्वकपको उपाधि जित्न सकेको छैन ।

ब्राजिलले आज बिहीबार राति सर्बियासँग २–० अन्तरको विजयले कतार विश्वकपको सानदार यात्रा सुरु गरेको छ  । समूह जी मा रहेको ब्राजिलले लुसाइल स्टेडियममा सर्बियासँग खेलेको थियो। 

ब्राजिलले सर्बियाविरुद्ध हालसम्म दुई पटक प्रतिस्पर्धा गरेको छ । जसमा ब्राजिल अपराजित रहेको छ ।

२०१४ मा भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले सर्बियालाई १–० ले हराएको थियो । यस्तै २०१८ मा भएको रुस विश्वकपमा ब्राजिलले सर्बियालाई २–० ले हराएको थियो ।चमा रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार