विश्वकप: उरुग्वेविरुद्ध दक्षिण कोरिया खेल सुरु

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— कतारमा जारी फिफा विश्वकप फुटबलमा आज बिहीबार उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुँदैछ ।

उरुग्वे र दक्षिण कोरियाबीचको खेल एजुकेसन सिटी स्टेडियममा हुनेछ । दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ६:४५ बजे सुरु हुनेछ ।

उरुग्वे एसियाली प्रतिद्वन्दीलाई हराउँदै सुखद सुरुआतको योजनामा रहेको छ । समूह एच मा रहेको उरुग्वेसँग स्टार र नयाँ खेलाडीको साथ रहने छ ।

उरुग्वेसँग लुइस सुआरेज, डिएगो जोडीन, एडिन्सन काभानी, डार्विन नुनेज जस्ता खेलाडीसहित मैदान उत्रनेछ ।

यता, दक्षिण कोरिया पनि उरुग्वेलाई पहिलो खेलमा स्तब्ध बनाउन चाहन्छ । जारी विश्वकपमा एसियाली राष्ट्रले ठुला टोलीलाई हराउदै आएको छ ।  कोरिया पनि त्यहिँ लक्ष्यमा हुनेछ ।

दक्षिण कोरियासँग सन ह्युङ मिन लगायत युरोपियन क्लबमा खेल्दै गरेका खेलाडीको साथ रहेको छ ।

हेड टु हेड 

उरुग्वे र दक्षिण कोरियाबीच हालसम्म आठ खेल भएको छ । जसमा उरुग्वेले ६ खेल जितेको छ । दक्षिण कोरियाले १ खेल जित्दा १ खेल बराबरीमा सकिएको छ ।

सम्भावित सुरुआती—११

उरुग्वे— सर्जियो रोचेट , गुइलेर्मो भारेला, डिएगो गोडिन, जोसे जेमेनेज, माथिस ओलिभेरा, रोड्रिगो बेन्टानकुर, माटियास भेसिनो, फेडेरिको भाल्भर्डे, जियोर्जियन डी एरास्केटा, लुइस सुआरेज, डार्विन नुनेज

दक्षिण कोरिया—  किम सेउङग्यु, किम मुनहवान, किम योङगवान, किम मिन्जाए, किम जिन्सु, जुङ वु योङ, ह्वाङ इनबिओम, ली जेसुङ,  ह्वाङ हेचन, सन ह्युङ मिन, ह्वाङ उइजो

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:०२
प्रतिक्रिया दिनुहोस्