स्विट्जरल्यान्डविरुद्ध क्यामरुन खेल ३:४५ बजे सुरु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ— युरोपियन राष्ट्र स्विट्जरल्यान्डले कतार विश्वकपमा आज बिहीबार क्यामरुनको सामना गर्दैछ ।

स्विट्जरल्यान्डले अल जानुब स्टेडियममा अफ्रिकी टोली क्यामरुनको सामना गर्नेछ । समूह जी मा रहेको दुई टोलीबीचको खेल दिउँसो ३:४५ बजे सुरु हुनेछ । 

स्विट्जरल्यान्डले विश्वकपको उपाधि जित्न सकेको छैन । तर, हरेक संस्करणमा नकआउट चरण पुग्दै आएको छ ।  स्विट्जरल्यान्डले हालसम्म तीन पटक क्वाटरफाइनलसम्मको यात्रा तय गरेको छ ।

क्यामरुनविरुद्ध मैदान उत्रदा स्विट्जरल्यान्ड जितको योजनामा हुनेछ । तर, नौलो प्रतिद्वन्दीविरुद्ध स्विट्जरल्यान्डलाई सहज हुनेछैन ।

क्यामरुन विश्वकपमा सबैभन्दा धेरै पटक छनोट हुने अफ्रिकी राष्ट्र हो । कतार विश्वकप उसको आठौं सहभागिता हुनेछ।

क्यामरुन यस पटक उत्कृष्ट नतिजा निकाल्ने योजनामा रहेको छ । त्यसैले पहिलो खेलमै क्यामरुन महत्वपूर्ण ३ अंक जोड्न चाहन्छ ।

हेड टु हेड 

स्विट्जरल्यान्ड र क्यामरुनबीच यो पहिलो प्रतिस्पर्धा हो । यस अघि दुई टोलीले एक अर्काविरुद्ध खेलेका छैनन् ।

सम्भावित सुरुआती—११

स्विट्जरल्यान्ड– यान सोमर, रिकार्डो रोड्रिग्वेज, निको इल्भेदी, म्यानुअल एकान्जी, सिल्भान विडमर, डिब्रिल सो, ग्रानिट झाका, रेमो फ्रुलर, रुबेनभेर्गास, ब्रील एम्बोलो, शेर्दान शाकिरी

क्यामरुन– आन्द्रे ओनाना, नोहौ टोलो, निकोलस एनुकोउलो, जीन चार्ल्स कास्टेलेटो, कोलिन्स फाई,  कार्ल टोको एकाम्बी, मार्टिन होन्ग्ला, ओलिभिएर न्चाम, ब्रायन एम्बेउमो, एरिक म्याक्सिम मोटिङ, भिन्सेन्ट अबुबाकर

प्लेयर्स टु वाच 

यस खेलमा स्विट्जरल्यान्डका ग्रानिट झाका र क्यामरुनका एरिक म्याक्सिम मोटिङ प्लेयर्स टु वाचमा रहने छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १९:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार