पाँचथर प्रदेश सभा ख मा माओवादी केन्द्रका आङ्बो विजयी

शुक्रबार, मंसिर ९, २०७९

फिदिम–पाँचथरको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र ख मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का इन्द्रबहादुर आङ्बो (मौसम) विजयी भएका छन् । 
निकटतम प्रतिद्वन्द्धि नेकपा (एमाले) का आइन्द्र सुन्दर नेम्बाङलाई ३ हजार ६७ मतले पछि पार्दै आङ्बो विजयी बनेका हुन् । 
आङ्बोले १५ हजार ६ सय ७२ मत प्राप्त गरेर विजयी भएका हुन् । नेम्बाङले १२ हजार ६ सय ५ मत प्राप्त गरेको हुन्। यो क्षेत्रमा जम्मा ३४ हजार ४ सय ६५ मत खसेको थियो ।  

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार