मतगणना सुरू भएका ठाउँकाे नतिजा साेमबारसम्म आउँछ : आयाेग

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ – मतगणना सकिन अझै ५ दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्य अर्यालका अनुसार विवाद र पुनः निर्वाचन भएर मतगणना हुन बाँकी रहेका क्षेत्र बाहेकको मतगणना ५ दिन भित्रमा सकिने छ । 

 

उनका अनुसार दोलखा, स्याङजामा निर्वाचन भएपनि विवादको कारण मत गणना हुन सकेको छैन । बाजुरामा पनि विवाद छ । यी तीन जिल्ला बाहेकको मत गणना ढिलामा सोमबारसम्म सकिने उनको भनाइ छ। 

 

एक पटकमा प्रतिनिधिसभाको प्रत्यक्ष, समानुपातिक, प्रदेशको प्रत्यक्ष र समानुपातिकको मत एकै पटक गणना भइरहेकोले नतिजा केही ढिलाइ भएको हुन सक्ने उनले बताए ।

 

काठमाडौंको १० वटै निर्वाचन क्षेत्रको गणना सकिएको छ । त्यस्तै बढी मतदाता भएको झापा, मोरङमा पनि अन्तिम चरणमा रहेको उनले बताए । एउटा निर्वाचन क्षेत्रको मत गणना ५ ठाउँसम्म गणना भइरहेको उनले बताए ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:५३
प्रतिक्रिया दिनुहोस्