विश्वकप विजेता जर्मनीमाथि जापानको सानदार जित

शुक्रबार, मंसिर ९, २०७९


काठमाडौँ – जापानले विश्वकप विजेता जर्मनीमाथि सानदार जित निकालेको छ । बुधबार बेलुकी भएको खेलमा जापानले २–१ को अन्तरमा जित निकालेको हो । 

चार पटकको विश्वविजेता जर्मनीले विश्वकप फुटबलमा खराब सुरुवात गरेकोछ। जर्मनीविरुद्ध जापानले पहिलो पटक जित दर्ता गरेको हो।

जर्मनीले खेलमा अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।  पेनाल्टी एरियामा जापानका गोलरक्षकले फउल गरेपछि जर्मनीले पेनाल्टी पाएको थियो। जुन अवसरलाई गुएन्डोगनले खेल जान दिएनन्।

खेलको ७५ औँ मिनेटमा परिवर्तित खेलाडी रिस्तु डोङले गोल गर्दै खेललाई बराबरीमा ल्याए। किपरले पन्च गर्दै बचाएको रिबाउण्ड बललाई उनले पोष्टको जाली चुमाएका थिए। 

 खेलको ८३ औँ मिनेटमा ताकुमाले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। त्यसअघि खेलको आठौँ मिनेटमा जापानका डाइजेन मइदाले गरेको गोललाई रेफ्रिले अफसाइड दिए।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:११
प्रतिक्रिया दिनुहोस्