अछाम–२ मा कांग्रेसका पुष्पबहादुर शाह निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– छाम क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकातर्फबाट नेपाली कांग्रेस अछामका सभापति पुष्पबहादुर शाह निर्वाचित भएका छन ।

 

शाहले २२ हजार ९ सय ५४ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका यज्ञबहादुर बोगटीले १६ हजार एकसय १४ मत प्राप्त गरे । उनीहरुबीचको मतान्तर ६ हजार ८ सय ४० रहेको छ ।


यसअघि २०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा वाम गठबन्धनबाट चुनाव लडेका बोगटीसँग कांग्रेसका शाह २ हजार ८ सय ५९ मतले पराजित भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५७
प्रतिक्रिया दिनुहोस्