गोरखा–२ मा प्रचण्डको जित सुनिश्चित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ मा जीत नजिक पुगेका छन्। सो क्षेत्रमा अब १२ हजार मत मात्रै गन्न बाँकी छ ।

अहिलेसम्म प्रचण्डले २१ हजार ७४ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले ८ हजार ४ सय ६३ मत ल्याउँदा तेस्रो स्थानमा एमालेका अब्दुस मियालाई ५ हजार ६ सय ३७ मत आएको छ ।

 

दोस्रो स्थानमा रहेका बुर्लाकोटीसँग प्रचण्डको मतान्तर १२ हजार ६ सय ११ पुगेको छ । त्यसैले बाँकी मत जता गए पनि प्रचण्डको जित निश्चित भएको हो । चितवनबाट चुनाव लड्ने तयारी गरेका प्रचण्ड अन्तिम समयमा गोर्खा गएका थिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:४२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार