गुल्मी–२(क) मा एमालेका डिल्लीराज भुसाल विजयी

शुक्रबार, मंसिर ९, २०७९

गुल्मी–गुल्मी–२ को प्रदेश सभा (क) मा नेकपा एमालेका डिल्लीराज भुसाल विजयी भएका छन् ।
भुसालले १४ हजार ९३० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका भुवनप्रसाद श्रेष्ठले १३ हजार ८८० मत ल्याए ।
भुसाल र श्रेष्ठ २५ वर्ष अघिकै प्रतिस्पर्धी हुन्  । तत्कालीन तम्घास गाविसको अध्यक्ष पदका लागि २०५४ सालमा भुसाल र श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो ।
त्यस्तै २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको नगर प्रमुख पदमा कांग्रेसबाट श्रेष्ठ र एमालेबाट भुसालबीच प्रतिस्पर्धा भएको थियो ।
यसपटक पनि प्रदेश सभामा भुसाल विजयी भएका छन् । दुवै जना रेसुङ्गा नगरपालिका वडानम्बर–१ तम्घास निवासी हुन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार