पर्सा–१ मा प्रदीप यादवको अग्रता कायमै

बुधबार, मंसिर ७, २०७९

पर्सा १ मा जसपाका प्रदीप यादवले अग्रतालाई जोगाउँदै लगेका छन् । ४० हजार २ सय १ मत गणना गर्दा २ हजार १ सय ३३ मतले यादव अगाडि छन् । यादवले १८ हजार १ सय ३४ मत ल्याउँदा नेपाली कांग्रेसका बागी उम्मेदवार अजय कुमार द्विवेदी १५ हजार ९ सय ९६ मतका साथ पछ्याइरहेका छन् । 
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किरण मान डंगोलले २ हजार २८ मत ल्याउँदा पाँच दलको समर्थन पाएका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का लक्ष्मणलाल कर्णको भने १ हजार पनि पुग्न सकेको छैन । उनले ९ सय २७ मत प्राप्त गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:३२
प्रतिक्रिया दिनुहोस्