अर्घाखाँचीमा टोपबहादुर रायमाझी निरन्तर अगाडि

बुधबार, मंसिर ७, २०७९

अर्घाखाँचीमा नेकपा एमालेका उम्मेदवार टोपबहादुर रायमाझीले निरन्तर अग्रता कायम राखेका छन् । प्रतिनिधिसभा तर्फ झन्डै ५० प्रतिशत मतगणना सकिँदा रायमाझी २० हजार २०२ मत सहित अग्रस्थानमा छन् ।  
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार पुष्पा भुसाल १८ हजार ३१९ मत सहित दोस्रो स्थानमा छिन् । अर्घाखाँचीमा कुल ८९ हजार ५३१ मत खसेको थियो । अहिलेसम्म ४१ हजार ५६० मत गणना गरिएको छ ।  

 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्