रुपन्देही–४ (२) मा काङ्ग्रेसका खाँ निर्वाचित

बुधबार, मंसिर ७, २०७९

रुपन्देही । रुपन्देही-४ (२) मा नेपाली काङ्ग्रेसका वसिउद्दिन खाँ विजयी भएका छन् । एघार हजार ३ सय ५ मतका साथ खाँ प्रदेशसभा सदस्यमा दोस्रोपटक निर्वाचित भएको हो। 

चालिस हजार ९ सय ६३ मतमध्ये खाँका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका मोहनलाल यादवले ८ हजार २ सय ६५ मत प्राप्त भएको छ भने जनमत पार्टीका अर्जुनप्रसाद जयसवालले सात हजार छ सय ६१ मत पाएको निर्वाचन अधिकृत देवेन्द्रराज आचार्यले जानकारी दिए। यस क्षेत्रमा प्रतिनिधिसभा सदस्यको मतगणना जारी रहेको छ। प्रतिनिधिसभामा लोकतान्त्रिक समाजवादीका सर्वेन्द्रनाथ शुक्ल अगाडि छन्। 

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्