गोरखा-२ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका पाण्डे विजयी

बुधबार, मंसिर ७, २०७९

गोरखा । गोरखा-२ प्रदेशसभा (२) मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे विजयी हुनुभएको छ। आज बिहान सम्पन्न मतगणनामा पाण्डेले १६ हजार ८ सय ८२ मत ल्याएर विजयी भएको हो ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वसन्त गुरुङले ५ हजार ३ सय ६० मत प्राप्त गरेएको छ । पाण्डे ११ हजार ५ सय २२ मतको फराकिलो अन्तरले विजयी हुन सफल भएको हो ।

विजयको औपचारिक घोषणा हुन भने बाँकी रहेको सहायक निर्वाचन अधिकृत शिव रेग्मीले जानकारी दिए। सो क्षेत्रमा कुल २७ हजार ४ सय ३० मत खसेको थियो।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्