तनहुँमा पौडेललाई पछ्याउँदै एकबहादुर

बुधबार, मंसिर ७, २०७९

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ मा अग्रता कायमै राखेका छन् ।

२२ हजार ९२७ मतगणना हुँदा पौडेलले ८ हजार ६७५ मत पाएका छन्। नेकपा एमालेका एकबहादुर राना मगरले ७ हजार २३ मत ल्याउँदै उनलाई पछ्याएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्‍मेदवार विकास सिग्देलले २ हजार ३९९ मत, स्वतन्त्र उम्‍मेदवार गोविन्दराज जोशीले १ हजार ७२९ र राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोद घर्तीले १ हजार ५५ मत पाएका छन्।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्