काठमाडौं ९ (क) मा एमालेका डङ्गोल विजयी

बुधबार, मंसिर ७, २०७९

काठमाडौँ— काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेशसभा (क) सदस्यमा नेकपा (एमाले) का हरिकृष्ण डङ्गोल विजयी भएका छन् ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार ४५२ मतसहित विजयी भएका हुन् । उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई ४३२ मतले पछि पारे । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  १७:४०
प्रतिक्रिया दिनुहोस्