मधेश प्रदेश प्रमुख राउत पुनः प्रदेशसभामा निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ – मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । 

 

पर्सा क्षेत्र नं १ (२) मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार राउत ७ हजार ५ सय ४५ मतका साथ पुनः प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । 

 

उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार रामनारायण कुर्मीले ६ हजार २ सय १२ मत प्राप्त गरेका थिए । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:०५
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार