पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा कांग्रेसका श्याम पटेल बिजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– पर्साको निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् ।

 

पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् । २०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो ।

 

कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०१:२९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार