भक्तपुर–१ : नेमकिपाको गढमा एमालेको अग्रता

बिहीबार, मंसिर ८, २०७९

भक्तपुर– जारी मतगणनामा भक्तपुर क्षेत्र नम्बर १ मा नेकपा एमालेले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार एमालेका नवराज गेलालले ६ हजार ८१७ मत पाएका छन् ।
उनका निकटतम् प्रतिस्पर्धीका रुपमा नेमकिपाका प्रेम सुवालले ५ हजार २५९ मत पाएका छन् । नेपाल मजदुर किसान पार्टीको गढमा एमालेले अग्रता लिएको छ । 
दिउँसो ४ बजेसम्म चाँगुनारायण नगरपालिकाको वडा नम्बर १ देखि ७ सम्म मत गणना भएको छ । वडा नम्बर ८ र ९ को गणना हुन बाँकी छ । भक्तपुर क्षेत्र नम्बर १ मा कूल ७४ हजार मत खसेकोमा यतिबेला ३४ हजार मत खसेको क्षेत्रमा गणना भइरहेको छ । जहाँ सुवाल सामान्य मतान्तरले पछि छन् । 
सुवाल यसअघि २०७४ सालको निर्वाचनमा पनि भक्तपुर १ बाट विजयी भएका थिए । २०४८ सालदेखिको प्रत्येक निर्वाचनमा भक्तपुर १ मा नेमकिपाले विजय हासिल गर्दै आएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५७
प्रतिक्रिया दिनुहोस्