कैलाली– ४ मा लेखराज भट्टको अग्रता कायमै

शुक्रबार, मंसिर ९, २०७९

कैलाली–४ मा नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टको अग्रता कायमै छ । 
पछिल्लो मतपरिणामअनुसार भट्टले ८०५७ मत प्राप्त गरेका छन् भने सत्ता गबन्धनका तर्फबाट वीरबहादुर बलायरले ७४२५ मत प्राप्त गरेका छन् । अहिलेसम्म भट्ट ६३२ मतले अग्रस्थानमा छन । 
भट्ट २०६४ र २०७४ सालको निर्वाचन यही क्षेत्रबाट जितिसकेका  हुन् भने बलायर यसपाली डोटीबाट यता आएर चुनाव लडेका हुन् । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०५
प्रतिक्रिया दिनुहोस्