समानुपातिक तर्फकाे मतगणनामा पहिलाे स्थानमा एमाले

शुक्रबार, मंसिर ९, २०७९

 

काठमाडौँ – समानुपातिक तर्फको मतगणनामा नेकपा एमाले पहिलो स्थानमा रहेको छ । निर्वाचन आयोगका अनुसार एमालेले  हालसम्म २३ हजार ३ सय ७४ मत प्राप्त गर्दै शीर्ष स्थानमा रहेको हो । 

 

नेपाली कांग्रेस २१ हजार ९ सय ४९ मतसहित दोस्रो स्थानमा र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ हजार ५ सय ५ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।  नेकपा (माओवादी केन्द्र)ले ८ हजार ३ सय ९८ मतका साथ चौथो स्थानमा रहेको आयोगले जनाएको छ । 

 


आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच हजार ४ सय ७६, जनता समाजवादी पार्टी नेपालले दुई हजार ९८, जनमत पार्टीले एक हजार ६ सय ४८ मत र नेपाल मजदुर किसान पार्टीले एक हजार ६ सय मत प्राप्त गरेका छन् । साथै, समानुपातिकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एक हजार ३ सय ७५, नागरिक उन्मुक्ति पार्टीले ७ सय ६५ र अन्यले चार हजार ८ सय ६५ मत प्राप्त गरेका छन् । 

 

प्रदेशसभाको समानुपातिकतर्फ पनि नेकपा (एमाले) शीर्ष स्थानमा छ । एमालेले आठ हजार १ सय २४ मत प्राप्त गरेको छ भने दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले सात हजार ४ सय ११ मत प्राप्त गरेको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले दुई हजार ६ सय ७८ मत प्राप्त गरेको छ । 

 

आयोगका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीले दुई हजार १ सय ४८, जनता समाजवादी पार्टी नेपालले एक हजार ३ सय ७५ र अन्यले तीन हजार ८३ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५६
प्रतिक्रिया दिनुहोस्