काठमाडौं–४ मा २ हजारभन्दा बढी मतान्तरले गगन थापाको अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– काठमाडौँ–४ मा नेपाली कांग्रेसको युवा नेता गगनकुमार थापाले अग्रता लिएका छन् । हाल बुढानीलकण्ठ नरपालिका १,२,८ ९, १०, र ११ सम्मको गणनामा गरिरहँदा थापाले ८७८६ मत प्राप्त गरेका छन् ।

 

उनका प्रतिष्पर्धी नेकपा एमालेका राजन भट्टराइले ६६५५ मत प्राप्त गरेका छन् । थापा भट्टराइ भन्दा दुई हजार १३१ मतले अघि छन् । मतगणना जारी नै छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:५३
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार