विश्वकप २०२२: इरानमाथि इंग्ल्याण्डको दबदबा

बिहीबार, मंसिर ८, २०७९


काठमाडौँ– फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले एसियाली राष्ट्र इरानमाथि दबदबा कायम राखेको छ । इंग्लाण्डले इरानलाई ६–२ को जीत निकालेको हो । 

दोस्रो हाफमा इंग्ल्याण्डले ३ गोल गरेको हो । निर्धारित समय सकिएपनि भिएआरको  प्रविधिमार्फत इरानले पेनाल्टी पाएका थिए ।  पेनाल्टी मार्फत गोल गरि इरानले गोल अन्तर कम गरेका थिए । 


 पहिलो हाफमा इंग्ल्याण्डले तीन गोल गरेको थियो । खेलको ३५ मिनेटमा जुडे बेलिङहामले इंग्ल्यान्डलाई अग्रता दिलाए । त्यसको ८ मिनेट पछि बुकायो साकाले दोस्रो गोल गरे । त्यस्तै, थपिएको १४ मिनेटको पहिलो मिनेटमा स्टरलिङले गोल गर्दे आफ्नो टिमलाई ३–० को अग्रता दिलाए । 


विश्वकपमा हालसम्म ६९ खेल खेलिसकेको इंग्ल्यान्डले यसअघि एकपटक मात्र एसियाली टोलीको सामना गरेको थियो । सन् १९८२ को समूह चरणमा कुवेतलाई १–० ले पराजित गरेयता टोलीले एसियाली राष्ट्रको सामना गरेको छैन । इरान र इंग्ल्यान्डबीच पहिलो पटक अधिकारिक खेलमा प्रतिस्पर्धा हुँदैछ ।

इंग्ल्यान्डले पछिल्लो ७ सहभागितामा एक पटक मात्र उद्घाटन खेलमा हार बेहोरेको छ । त्यसबाहेक ३ खेलमा जित र ३ खेल बराबरीमा सकिएको छ । यता इरानले भने पछिल्लो दुवै विश्वकपमा सुरुवाती खेलमा गोल खाएको छैन ।

इरानका प्रशिक्षक कार्लोस क्वेरोज चौथो पटक विश्वकपमा टोलीको जिम्मेवारी सम्हाल्दैछन् । सन् २०१० मा पोर्चुगलको टोली हेरेका उनी पछिल्लो तीन संस्करणमा भने इरानसँग रहेका छन् । इरानले हालसम्म विश्वकपमा १५ खेल खेल्दा २ जित, ४ बराबरी र ९ हारको नतिजा निकालेको छ । इरानले विश्वकपको एकै खेलमा २ गोलभन्दा बढी गर्न सकेको छैन ।

यता इंग्ल्यान्डका कप्तान ह्यारी केन अन्तर्राष्ट्रिय फुटबलमा इंग्ल्यान्डको लागि सर्वाधिक गोलकर्ता बन्ने इतिहास रच्नबाट २ गोल टाढा छन् । आज पनि उनले त्यो मौका पाएनन । उनले हालसम्म ५१ गोल गरिसकेका छन् । गत संस्करणको समूह चरणमा केनले गोल्डेन बुट जितेका थिए । उनी त्यसै लयलाई कायम राख्न चाहन्छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २०:२२
प्रतिक्रिया दिनुहोस्