चितवन–२ मा मतगणना सुरु

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– चितवन क्षेत्र नम्बर २ मा  मतगणना सुरु  भएको छ । बिहान ९ बजे बसेको सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरे पनि प्राविधिक कारणले केही ढिलाइ भएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

 

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:५१
प्रतिक्रिया दिनुहोस्